News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो एक वर्षमा रेस्टुरेन्टमा एक्लै डिनरका लागि टेबल रिजर्भेसन गर्ने दरमा २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ।
- ओपनटेबल एपको विश्लेषणअनुसार एक्लै खाने ग्राहकले औसतमा ९४ डलर खर्च गर्ने गरेका छन्, जुन समूहमा आउने ग्राहकको खर्चभन्दा बढी हो।
- एक्लै रेस्टुरेन्ट जाने मानिसहरू यसलाई एक्लोपनको सङ्केत नभई मानसिक शान्ति र आत्मकेन्द्रित हुने अवसरका रूपमा लिने गर्छन्।
एजेन्सी । आजभोलि रेस्टुरेन्टमा सोलो डिनर गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ। बुकिङ एप ओपनटेबलको नयाँ तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा एक्लै बस्ने गरी टेबल रिजर्भेसन गर्ने दर २३ प्रतिशतले बढेको छ।
धेरै मानिसले यसलाई एक्लोपनको सङ्केतका रूपमा हेरेका छन् । तर एक्लै रेस्टुरेन्ट जाने मानिसहरू भने यसलाई रमाउने र शान्त हुने अवसर मान्छन् ।
वासिङ्टन डिसीकी ३६ वर्षकी भेरोनिका सेल्जलर नियमित रूपमा एक्लै रेस्टुरेन्ट जाने गर्छिन् । उनी रेस्टुरेन्टको बारमा बस्छिन् । उनी आफूसँगै पुस्तक वा स्केचप्याड लिएर जान्छिन् । उनी आफ्नो फोन चलाउँदिनन् । भान्छामा कर्मचारीले खाना बनाएको हेर्न रुचाउँछिन् ।
एक्लै हुँदा कुराकानी नहुने भएकाले खानाको स्वादमा बढी ध्यान जाने र बिस्तारै खान पाइने उनको अनुभव छ ।
ओपनटेबल एपको विश्लेषणअनुसार एक्लै खाने ग्राहकले औसतमा ९४ डलर खर्च गर्छन् । यो खर्च अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । सामान्यतया समूहमा आउने प्रतिव्यक्ति ग्राहकले ६० डलर खर्च गर्छन् ।
हप्ताको बिहीबारको दिन एक्लै बुकिङ गर्ने दर २५ प्रतिशतले बढेको छ । दिउँसो ३ बजेको समयमा एक्लै बुकिङ गर्ने ट्रेन्ड चलिरहेको छ । तर साँझ ६ बजेको समय भने सबैभन्दा बढी लोकप्रिय छ ।
एक्लै रेस्टुरेन्टमा गएर खानका लागि आत्मविश्वास चाहिन्छ । रेस्टुरेन्टमा एक्लै बस्दा कसैले पनि नराम्रो दृष्टिकोणले हेर्दैनन् । बरु यसले मानिसलाई थप शान्त र केन्द्रित महसुस गराउँछ ।
ओपनटेबलले अमेरिकाका रेस्टुरेन्टहरूमा भएका अनलाइन रिजर्भेसनहरूको डेटा विश्लेषण गरेर यो नतिजा निकालेको हो ।
प्रतिक्रिया 4