९ साउन, काठमाडौं । युभेन्टसका मिडफिल्डर आर्टुरो भिडाल म्यानचेष्टर युनाइटेड नजाने बताएका छन् । वल्र्ड ट्रार्फड जान अस्वीकार गरेका उनले युभेन्टस बस्ने नबस्ने भने अनिश्चत रहेको बताए ।
लइस भान गालको नेतृत्वमा रहेको युनाइटेडले २७ वर्षका भिडालका लागि ५४ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको थियो । आफू युभेन्टसमा खुसी रहेको भन्न्दै उत्कृष्ट मिडफिल्डर मध्येका एक उनले भनेका छन्-‘म युनाइटेड जान्न ।’
क्लबले पनि भिडाल महत्वपूर्ण खेलाडी मध्ये एक भएको भन्दै नबेच्ने बताएको छ ।