Comments Add Comment

माइक्रोम्याक्सले ल्यायो ‘इन्ट्रि लेभल’का मोबाइल

१४ साउन, काठMicromax-X081_imgमाडौं । सस्तो मोबाइल खोज्नेहरुलाई लक्षित गर्दै माइक्रोम्याक्सले ‘इन्ट्रि लेभल’का दुई मोबाइल सेट बजारमा ल्याएको छ । कम्पनीले ‘माइक्रोम्याक्स एक्स०८१’ र ‘माइक्रोम्याक्स एक्स०८२’ मोडल बजारमा ल्याएको हो ।

नेपाली बजारमा माइक्रोम्याक्स ‘एक्स०८१’ मोडलको १ हजार ६ सय ५० रुपैयाँ र एक्स०८२ मोडलको १ हजार ५ सय ३१ रुपैयाँ तोकिएको छ ।

‘एक्स०८१’ मा वायरलेस एफएम, जिपिआरएस, डिजिटल क्यामेरा, ब्लूटुथ, दुई सीम प्रयोग गर्न मिल्ने, माइक्रो एसडी मेमोरी कार्ड राख्न सकिने, १७५० एमएएच क्षमताको ब्याट्रि लगायतका सुविधाहरु रहेका छन् ।

यसमा माइक्रोम्याक्सको विशेष प्रोग्राम एमज!जोन पनि राखिएको छ । जसले गर्दा ग्राहकहरुले धेरैवटा गेम तथा मल्टिमिडियाका प्रोग्रामहरु प्रयोग गर्न पाउनेछन् ।

‘एक्स०’ ८२ मोबाइलमा पनि एफएम, आधुनिक मल्टिमिडियाका प्रोग्रामहरु, जिपिआरएस, ब्लुटुथ, डिजिटल क्यामेरा, दुई सीम प्रयोग गर्न मिल्ने, माइक्रो एसडी मेमोरी कार्ड प्रयोग गर्न सकिने, ९०० एमएएचको ब्याट्री लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यसमा रहेको एम!जोन बाट धेरैवटा गेम तथा मल्टिमिडियाका प्रोग्रामहरु चलाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment