Comments Add Comment

सिंहदरबारदेखि संविधानसभासम्म भारतीय झण्डा (फोटोफिचर)

Modi visit Preperation (2)

१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउनुअघिसम्म राजधानीमा यसरी सिँगापटार गरिएको छ कि दशैंमा पनि यस्तो गरिँदैन । छिमेकी देशका नेता भ्रमणमा आउँदा कतिसम्म तामझाम गर्न हुन्छ र गर्नुपर्छ भन्ने कुनै नीति नभएकाले नेपाल सरकाले गरेका क्रियाकलापमाथि सामाजिक सञ्जालमा समेत आलोचनात्मक टिप्पणी हुने गरेका छन् ।

मोदीको भ्रमणका क्रममा दुईदिन उपत्यकाका विद्यालय बन्द गरेर वालवालिकाको पढाइलाई अवरुद्ध पारिएको छ । शनिबारदेखि नै काठमाडौं छिर्ने नाकाहरुमा संकटकालमा जस्तै सर्वसाधारणलाई लामो लाइन लगाएर चेकिङमा सास्ती दिइएको छ ।

काठमाडौं शहरका अकाशे पुलहरुमा मोदीको फोटोसहतिका फ्लेक्स बोर्डहरु टाँगिएका छन् । सिंहदरबारदेखि संविधानसभासम्म नेपाल र भारत दुबै देशका झण्डाहरु फहराइएका छन् । मोदी बस्ने हायत होटल छेऊछाऊ विजुलीका पोलमा समेत चुनाब आएको जस्तो गरी मोदीका तस्वीरहरु टाँगिएका छन् । संविधानसभा भवन परिसरलाई बेहुलीजसरी सिँगारिएको छ ।
मोदी हिँड्ने बाटोमा रहेका सडकका डिभाइडरहरु हटाइएका छन् । बाटोको धूलो सफा गरिएको छ र पानीले सडक पखालेर चिल्लो बनाउने प्रयास गरिएको छ । मोदी हिँड्ने बाटोमा सवारी आवागमन ठप्प पार्ने र चक्का जाम गर्ने सरकारले निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमण पूर्व गरिएको यस्तो तडक-भडक स्वाभाविकै हो या बढ्ता गरियो भन्नेबारे जनमानसमा चर्को बहस भइरहेको सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले स्पष्ट पारेका छन् । पशुपतिको दर्शनमा आउन लागेका मोदीका विषयमा अहिल बढी नै चर्चा परिचर्चा भएको गुनासाहरु पनि सुनिन थालेका छन् ।
मोदी भ्रमणपूर्व सिंगारिएको राजधानीका केही दृश्य यस्ता छन्:

Modi visit Preperation (6)

Modi visit Preperation (3)

Modi visit Preperation (5)

Modi visit Preperation (8)

Modi visit Preperation (4)

Modi visit Preperation (9)Modi visit Preperation (1) Modi visit Preperation (10)

Modi visit Preperation (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment