Comments Add Comment

यी हुन् विश्वका दश उत्कृष्ट स्मार्टफोन

नयाँ स्मार्टफोन खरीद गर्दा कुन किन्ने होला भन्ने द्विविधा सबैमा हुन्छ । धेरैको सोचाइ महंगो आइफोन तथा ग्यालेक्सी स्मार्टफोन किन्दा आफ्नो हैसियत उँचो हुने ठान्छन् । तर महंगो हुँदैमा सबै चिज सबैलाई मन पर्छ र उत्कृष्ट हुन्छ नै भन्ने हुँदैन । मूल्य, गुणस्तर तथा फिचर्समा एक से एक राम्रा स्मार्टफोन बजारमा छन् । बिजनेस इनसाइडरले डिजाइन, सफ्टवेयर तथा हार्डवेयर फिचर्स, पहुँच तथा मूल्य लगायतका मापदण्डलाई आधार मानेर विश्वका सबैभन्दा उत्कृष्ट स्मार्टफोनको सूचि बनाएका छन् । विश्वका उत्कृष्ट १० स्मसार्टफोन यस्ता छन् :
१. आइफोन ५ एस – अधिकांस मानिसका लागि एप्पलको आइफोन ५ एस सर्वोत्कृष्ट स्मार्टफोन हो । यो उत्कृष्ट डिजाइन तथा  उपयोगी फिचर्सका कारण उत्कृष्टतामा नम्बर वान बन्न सफल भएको हो ।

5s
२. एच टि सी वान (एम ८) गुगल एडिसन- बिजनेस इनसाइडरको सूचिमा अन्य एक से एक स्मार्टफोनलाई पछि पार्दै एटटिसी वान दोश्रो उत्कृष्ट स्मार्टफोन बनेको छ । गुगल सँगको सहकार्यमा प्रस्तुत यो स्मार्टफोन एन्ड्रोइडको क्लिन भर्सनमा उपलब्ध छ । यसको अर्थ तपाइँको यो स्मार्टफोनमा गुगलले आफै नयाँ सफ्टवेयर अपडेट गरिदिनेछ ।

htc
३. वान प्लस वान – चिनिया कम्पनी वान प्लसको ध्वजाबाहक स्मार्टफोन वान तुलनात्मक रुपमा अन्य स्मार्टफोन भन्दा सुपथ मूल्यको र उत्कृष्ट फिचर्स भएको स्मार्टफपोन मानिन्छ । यसको ५.५ इन्चको स्त्रिmन रहेको छ ।

one plus
४. ग्यालेक्सी एस फाइभ – सामसुङको बहुचर्चित ग्यालेक्सी एस फाइभ उत्कृष्ट स्मार्टफोन भन्नेमा दुइमत छैन । तथापि कतिपय अनावश्यक फिचर्सका कारण यसको आलोचना हुने गरेपनि ५.१ इन्चको स्कि्रन तथा उत्कृष्ट क्यामराका कारण यो स्मार्टफोन धेरैको रोजाइमा परेको छ ।

s5
५.गुगल नेक्सस फाइभ- एल जी सँगको सहकार्यमा निर्मित गुगलको पछिल्लो स्मार्टफोन नेक्सस फाइभको फिचर्स तथा सफ्टवेयर अपडेटिङ तारिफयोग्य भएपनि यसको क्यामराको गुणस्तर भने मध्यम रहेको छ ।

nexus5
६. मोटोरोला मोटो एक्स – मोटो एक एक उत्कृष्ट एन्ड्रोइड फोन हो । यसमा एन्ड्रोइडमा भएका भन्दा थप अन्य फिचर्स समेत थपिएको छ ।

x
७. एल जी जी थ्री – यो स्मार्टफोन अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट डिस्प्लेवाला स्मार्टफोन मध्ये एक हो जसको ५.५ इन्चको स्त्रिmन डिस्प्ले रहेको छ । यो स्मार्टफोन मात्र नभै उत्कृष्ट फ्याब्लेट नै हो ।

g3
८. ग्यालेक्सी नोट थ्री – सामसुङको तेश्रो पुस्ताको फ्याबलेटको स्त्रिmन ५.७ इन्च रहेको छ र पातलो तथा हलुका पनि छ ।

note3
९. नोयिक लुमिया १५२०- विश्वकै पहिलो विन्डोज फ्याब्लेट फोनको स्त्रिmन ६ इन्चको रहेको छ ।

lumia1520
१०. नोकिया लुमिया १०२०- यो स्मार्टफोनको उत्कृष्टताको सबैभन्दा ठूलो मापक भनेकै यसमा भएको गुणस्तरीय क्यामरा हो यद्यपि यो फोनको पछाडिको भाग भने केही कुरुप नै छ ।

lumia1020

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment