Comments Add Comment

साझा बसमा टेलिकमको वाईफाई सेवा

१९ साउन, काठमाडौं । नेपाल टेलिकमले राजधानीमा सञ्चालित साझा बसहरुमा वाईफाई हटस्पट स्थापना गरी आइतबारदेखि वाईफाई सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले साझा बसहरुमा वाईफाई सेवा सञ्चालन गर्नको लागि वाइम्याक्स प्रविधिको उपकरणहरु जडान गरेको छ । बसमा यात्रा गर्ने यात्रुहरुले वाईफाईमार्फत NTCइन्टरनेट चलाउन सक्नेछन् ।

साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल माहाराजगञ्ज हुँदै गाेंगबु बसपार्कसम्म २ वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

यात्रुहरुले वाईफाईमार्फत इन्टरनेट चलाउनको लागि सबैभन्दा पहिला मोबाइलको म्यासेज बक्समा गई वाईफाई टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने हुन्छ । अनि टेलिकमले पठाउने पासवर्ड प्रयोग गरि स्मार्ट फोन, ल्यापटप, आइप्याड आदिमा वाईफाई चलाउन सकिनेछ ।

कम्पनीका अनुसार उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहने छ । उक्त सेवा प्रयोग गरेवापत ग्राहकहरुको मोवाइलबाटै १० रुपैयाँ काटिने कम्पनीले जनाएको छ । टेलिकमको जिएसएम र सिडिएमएका पोष्टपेड तथा प्रिपेड ग्राहकहरुले यो सेवा प्रयो गर्न पाउनेछन् ।

साझा बसमा जडान गरेको वाईफाई सेवाप्रति उपभोक्ता आकर्षणलाई हेरी आगामी दिनमा अन्य रुटमा चल्ने वसहरुमा समेत यस किसिमको सेवा सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरेको छ ।

हाल कम्पनीले मुलुकका ७२ वटा जिल्लामा वाईम्याक्स सेवा सञ्चालनमा ल्यााइसकेको छ । साथै, उपभोक्ताहरुको बढी भिडभाड हुने अस्पताल, सपिङ मल, पार्क, चोक लगायतका २ सय २० स्थानमा पनि वाईफाई हटस्पट स्थापना गरी वाईफाई सेवा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment