Comments Add Comment

५० करोड इमेल र ४ लाख वेबसाइटका डाटा चोरी

२१ साउन, काठमाडौं । रुसी हृयाकरको एक समूहले ५० करोड इमेल ठेगानाका लगभग सवा अर्ब युजर नेम र पासवर्ड हृयाक गरेको अमेरिकी इन्टरनेट सुरक्षा कम्पनी होल्ड सेक्यूरिटीले जनाएको छ ।

यो डाटा करीब चार लाख २० हजार वेबसाइटबाट चोरिएको हो, जसमा इन्टरनेट जगतका ठूला कम्पनीसमेत सबै प्रकारका वेबसाइटहरु छन् ।

होल्ड सेक्यूरिटीले भनेको छ- हृयाकरहरुले ठूला कम्पनीलाई मात्रै निशाना बनाएका छैनन्, साना वेबसाइटको पनि डाटा चोरिएको छ ।’ यद्यपि होल्ड सेक्यूरिटीले हृयाकिङबाट प्रभावित भएका कम्पनीको नाम भने सार्वजनिक गरेको छैन ।

यसअघि न्यूयोर्क टाइम्सले एक स्वतन्त्र इन्टरनेट सुरक्षा विशेषज्ञबाट चोरी भएको डाटाबेसको जाँच गराएको थियो, जसमा चोरीको दाबी पुष्टि भएको थियो ।

अर्का एक सुरक्षा विशेषज्ञले ठूला कम्पनीहरुलाई डाटाबेस चोरी भएको जानकारी आफूहरुसँग रहेको बताए । होल्ड सेक्यूरिटीले यो ठूलो डाटा चोरीको पत्ता लगाउन सात महिनासम्म अध्ययन गरेको बताएको छ ।

कम्पनीका अनुसार हृयाकरहरुले सबैभन्दा पहिले डाटाबेस हासिल गरे । त्यसपछि सामाजिक सञ्जाल, इमेल, सेवा र अन्य वेबसाइटमा स्पाम पठाएर डाटा चोरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment