+
+
Shares

मोबाइलमा इन्टरनेट विनै फेसबुक चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १८:३४

facebookसोसल नेटवर्किङ साइट फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि यस्तो नयाँ एप सार्वजनिक गरेको छ, जसका माध्यमबाट इन्टरनेट विनै मोबाइलमा फेसबुक चलाउन सकिनेछ । यद्यपि यो एप विश्वभरि नै सार्वजनिक गरिएको होइन । इन्टरनेट डट ओआरजी नामको उक्त एप जाम्बिया देशमा लञ्च गरिएको हो ।
उक्त एपले जाम्बियाका एयरटेल प्रयोगकर्तालाई फेसबुक, मेसेन्जर लगायतका विभिन्न १३ वटा अन्य इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनेछ । जसमा विकिपेडिया, गुगल सर्च, मौसम, रोजगारी तथा स्वास्थ्य सम्बन्धि सेवा समेत हुनेछ । यद्यपि यसमा इमेल सुविधा भने हुनेछैन र गुगल सर्चबाट देखिएका नतिजा भित्र जान समेत शुल्क लाग्नेछ ।
इन्टरनेट डट ओआरजीका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर गे रोजेनका अनुसार यो एप एन्ड्रोइड तथा साधारण फिचर मोबाइल फोनमा समेत उपलब्ध हुनेछ । यो सेवालाई भविष्यमा अन्य देशमा पनि विस्तार गरिने बताइएको छ ।
रोजेनले आफ्नो एक ब्लगमा लेखेका छन, ‘विश्वमा ८५ प्रतिशत भन्दा बढि क्षेत्र मोबाइलको तरंगले छुने क्षेत्रमा परेपनि केवल ३० प्रतिशतले मात्र इन्टरनेटको प्रयोग गर्ने गरेका छन् ।’
फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यो एप विश्वका सबै मानिसमा सस्तो इन्टरनेट सेवा पूराउने फेसबुकको लक्ष्यको एक हिस्सा भएको बताएका छन् । यो लक्ष्य भेट्टाउनका लागि आफुहरुले गएको वर्षदेखि नै विश्वका मोबाइल अपरेटरहरुको साथमा काम गरिरहेको उनको दाबी छ । जुकरबर्गले गएको वर्ष इन्टरनेट डट ओ आर जी स्थापनाको घोषणा गरेका थिए । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?