Comments Add Comment

बाबुरामलाई पार्टी जिम्मा लगाउन सकिन्न : लोकेन्द्र विष्ट

बाबुकाजी कार्की

२४ साउन, सोलखुम्बु । एमाओवादीका नेता लोकेन्द्र विष्ट मगरले डा. बाबुराम भट्टराईलाई पार्टी जिम्मा लगाउन नसकिने बताएका छन् ।

Lokendra  Bista 9.1पार्टीलाई अझै अध्यक्ष प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै उनले भटराईले भने जस्तो नेतृत्व परिवर्तन सम्भव नभएको बताए ।

सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा विष्टले विचार र सिद्धान्तमा प्रचण्ड अझै सफल रहेको बताए । संविधान लेखन, संगठन सुधि्रढीकरण तथा पार्टी मजबुत बनाउन प्रचण्डको आवश्यता रहेको उनले बताए ।

नेतृत्व परिवर्तन भइहाले पुस्तान्तरण अनुसार युवालाई पार्टी जिम्मा दिने भन्दै उनले उच्च तहमा रहेका नेताहरु बाबुराम भटराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी लगायतका नेताहरुको सेट नै हटाइने बताए ।

स्थायी समिति सदस्य विष्टले जिल्ला जिल्लामा समानन्तर कमिटि बनाएर बाबुराम भटराईले नाटक मञ्चन गरेको आरोप लागाए । पार्टी सीमा भन्दा बाहिर गएर गतिविधि गर्नेलाई विधान अनुसार कार्बाही गर्ने भन्दै उनले आगामी दिनमा पनि अन्य जिल्लामा समानन्तर कमिटी गठन गरे चुनौती मालेर नै भए पनि कार्बाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment