+
+
Shares

ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते १३:४४

१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वषर्ीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको स्रोतले बताएको छ ।

उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ ।

अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?