Comments Add Comment

३१ घण्टापछि सेनाले उठायो कोरोना संक्रमितको शव

९ जेठ, बुटवल । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।

रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।

शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

‘शव उठाउने क्रममा उहाँहरुले केही भन्नुभएन, हामीले बनाएको कागजमा हस्ताक्षर गर्नुभयो’ उनले भने । संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक थापाले बताए ।

जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्मा परेका छन् ।

जेठ ८ गते साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।

उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
यसअघि छाया पोलिक्लिनिकका डाक्टरसहित १० जनाको रिपार्ट पनि नेगेटिभ नै आएको थियो । क्रिमसनका १० जनाको रिपोर्ट भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment