Comments Add Comment

समलिंगी यौनकर्मी भन्छन् – मेरो कमाइ प्रधानमन्त्रीको भन्दा दोब्बर

Josh-Brandonदुनियामा धनी बन्ने चाहना सबैको हुन्छ र यो चाहना पूरा गर्न धेरैले धेरै थरि बाटो अपनाउँछन् । एकजना समलिंगी यौनकर्मीले आफुलाई बेलायतको सबैभन्दा बढि कमाउने यौनकर्मी बनाउन सफल भएका मात्र छैनन् उनको वर्षको सबै कमाइ जोड्ने हो भने बेलायतका प्रधानमन्त्रीको तलब भन्दा बढि हुन्छ ।

लण्डनका बासिन्दा जोश ब्रान्डन बेलायतका सबैभन्दा महंगा यौनकर्मी हुन् । उनले एक रातको ४ हजार पाउण्ड अर्थात् ६ लाख ६० हजार रुपैयाँ भन्दा बढि कमाउँछन् । यो हिसाबले उनको एक वर्षको कमाइ ३ लाख ६० हजार पाउण्ड अर्थात् ५ करोड ९४ लाख नेपाली रुपैयाँ भन्दा बढि हुन्छ । जबकी बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको वाषिर्क कमाई १ लाख ४२ हजार ५ सय पाउण्ड छ ।

हुनत यतिधेरै कमाई भएर पनि उनलाई सन्तोष भने छैन । आफुले यौन उद्योगलाई वैध व्यवसायको रुपमा स्थापित गर्न चाहेको उनको भनाइ छ ।
आफुले आफुलाई वेश्या भन्न नरुचाउने भन्दै उनले आफुले आफ्ना सबै ग्राहकसँग सम्भोग नगर्ने उनी बताउँछन् । यौनकर्मीलाई वेश्या भन्ने गलत आक्षेप लगाइने गरिएकोमा उनको चित्त दुखाइ छ ।

निकै सेक्सी केटौले देखिने २३ वर्षीय जोशका लागि रातको यौन कर्म अरु मानिसको ९-५ बजेको जागिर जस्तै सरल लाग्छ । आफ्नो करिअर पनि यौन व्यवसाय नै रहेको उनको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment