Comments Add Comment

स्याङजा सहयोग समाज कतारको अर्धवार्षिक भेला सम्पन्न

जिवन डोटेल/चिरिन्जीवी ढकाल

दोहा । स्याङ्गजा सहयोग समाज कतारको अर्धवार्षिक भेला सनैयास्थित गि्रन रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामु बस्यालको सभापतित्वमा सम्पन्न उक्त भेलाको प्रमुख अतिथि संस्थापक सचिव कमल न्यौपाने रहनु भएको थियो ।quatar-vela

राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथिबाट मैन बत्ति बालेर उद्धघाटन गरिएको थियो भने प्रथम उपाध्यक्ष गोप सुनारको स्वागत मन्तब्य र स्या.स.स नव प्रतिभा साँस्कृर्तिक परिवारको मिठो स्वागत गीतसँगै कार्यक्रम अगाडि बढाउँदै संस्थाका सचिव चिरिन्जिवी ढकालबाट अर्धवार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष खडग नेपालीबाट अर्धबार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उक्त भेलालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रामु बस्यालले संस्थामा आवद्ध भई भैपरी आउने समस्या समाधानमा सबैलाई आग्रह गर्नुभयो । यसरी वृहत उपस्थिति जनाई कार्यक्रम भब्य एवं सब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने कलाकार एवं उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिँदै नेपालको सिन्धुपाल्चोक जिल्लामा गएको बाढिबाट पीडितलाई सहयोग स्वरुप संस्थागत रुपबाट कतारी रियल ५०१ घोषणा समेत गर्नुभयो ।

स्या.स.स नव प्रतिभा संस्कृतिक परिवारको बेला बेलामा बेजोड सांगीतिक प्रस्तुतीले उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरेको कार्यक्रमा संस्थाको सदस्यता सम्बन्धीको जानकारी सदस्यता वितरण तथा नविकरण संयोजक हरी लुइटेलले गराउनु भएको थियो । कार्यक्रम संस्थाका सह सचिव एवं सुचना तथा सञ्चार संयोजक जिवन डोटेलले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment