+
+
Shares

सुखानीका शहीद सम्झिँदै ओली–प्रचण्ड झापामा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते ९:५५
Photo Credit : फाइल तस्वीर

२१ फागुन, काठमाडौं । आज फागुन २१ गते अर्थात् सुखानी हत्याकाण्ड भएको दिन । सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा  झापामा कार्यक्रम गरिँदै छ ।

सुखानी शहीद स्मृति दिवस कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसमेत सहभागी हुँदैछन् । कार्यक्रमका लागि प्रचण्ड सोमबार नै झापा गएका छन् । प्रधानमन्त्री ओली भने मंगलबार झापा जाने उनको सचिवालयले जनाएको छ ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो ।

२९ साल कात्तिक महिनामा पक्राउ परेका उनीहरूहरुलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा गोली हानेर हत्या गरिएको थियो । त्यसैले कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गर्दछन् ।

हत्या भएको स्थानमा पाँचै जनाको शालिक निर्माण गरिएको छ । यो क्षेत्र हाल अर्जुनधारा नगरपालिकामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?