३ असोज, काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत परराष्ट्रमन्त्री शिशिर खनालले नामै लिएर संविधान दिवसको अवसरमा शुभकामना दिएका हुन् । ‘नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना,’ विदेशमन्त्री जयशंकरले लेखेका छन् ।
उनले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजान भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो गहिरो र चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान प्रतिबद्ध छौं,’ जयशंकरले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4