२७ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको शुनकोशीमा गत साउन १७ गते गएको पहिरोका पीडित तथा विस्थापितहरुको लागि राहत दिनेहरुको ओइरो लागिरहेको बेला राहत वितरण कार्य व्यवस्थित हुन नसकेको पाइएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ-नेपाल)को टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनबाट यस्तो निष्कर्ष निकालेको हो ।
विभिन्न क्षेत्रबाट संकलित उक्त राहत लामसााघु भन्ने ठाउाबाट वितरण गर्ने काम भइरहेको छ । राहत संकलन तथा वितरण केन्द्र लामासांघुमा भेला भएका पीडित परिवारले सरकारबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् । राहत वितरणको क्रममा सोर्सफोर्ससमेत हावी हुन थालेको र राहत वितरणमा नातावाद कृपावाद लागु भइरहेको स्थानीयको आरोप छ ।
वास्ताविक पीडितहरुले पाउनुपर्ने राहतको उचित रुपमा वितरण गर्न नसकेको अधिकांशको गुनासो छ । हालसम्म एक सय १४ जनाले राहत उपलब्ध गराइसकेको छ । राहतस्वरुप संकलित रकम सोमबारसम्ममा ३१ लाख १५ हजार रुपैयाा पुगेको छ ।
सरकारले प्रतिमृतक ४० हजारको दरले किरिया खर्च दिने निर्णय गरेपछि राजनीतिक दल, सरकारी एवं गैरसरकारी संस्था तथा व्यक्तिगत हिसाबले राहतस्वरुप नगद र जिन्सी सहयोग उपलब्ध गराउने क्रम तीब्र रहेको छ । सोमबार मञ्चका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा काठमाडौंबाट गएको २१ सदस्यीय टोली राहत वितरण गर्ने स्थान लामासांघु पुग्दा हरेक निकायका प्रतिनिधि एवं पीडितहरुको उपस्थितिले सो ठाउा भरीभराउ थियो ।
राहत वितरण गर्न पीडित पक्षको नाम दर्ता गराउने, दर्ता भइसकेको नामावली स्वीकृत गर्ने र स्वीकृत भइसकेको नामावलीअनुसार राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो । तर, नामावली दर्ता गर्ने ठाउँमा आपसी झगडा भइरहेको दृष्य देखियो ।
नामावली दर्ता गर्ने स्थानमा एक अधवैसे महिला बच्चा काखी च्यापेर उपस्थित भइन् । उनी भन्दै थिइन् ‘म पनि पीडित हुँ । मेरो नाम अस्ति पत्रिकामा पनि आएको थियो । राहत लिनको लागि आएको ।’ ती अधवैसे आइमाईले त्यत्ति कुरा भन्न पाउँदानपाउँदै जुरुम्मै उभिएका केही व्यक्तिहरु एकाएक कराउन थाले । यो मान्छे अहिलेसम्म गाउामा नदेखेको र नचिनेको भन्दै कडा स्वरमा कराए । उनीहरुबीच आपसमा भनाभन भइरहेको थियो । कोही भन्दै थिए ‘यो मान्छे त यो गाउँको होइन ।’
आपसमा भनाभन चर्किन थालेपछि सबैलाई हटाउँदै त्यहााका एक कर्मचारीले ती आइमाइलाई सोधे ‘यो गाउँको तपाईले चिनेको एक दुई जना मान्छेको नाम भन्नुस त ? तर ती आइमाइले कसैको नाम भन्न सकेनन् । अन्तमा राहत नदिने भए नदेन भन्दै त्यहाँबाट पन्छिए । त्यस्तै खाडिचौरमा मागेर जीविको चलाउने सन्तबहादुर विकलाई स्थानीय गाविस सचिवको सिफारिसमा घटनामा मृत्य भएकाले पाउने सरह राहत उपलब्ध गराइएको छ ।
राहत वितरण गर्ने स्थानमा देखिएको यो त प्रतिनिधि घटना मात्रै हो । यो घटनाबाट पहिरोका वास्ताविक पीडितहरुको उचित पहिचान गर्न नसक्दा बाहिरका मान्छे पीडित बनेर राहत लिने प्रयास गरिरहेको बुझ्न गाह्रो छैन । ‘ती आइमाइ जस्ता थुप्रै व्यक्ति आफु पहिरो पीडित भएको भन्दै राहत माग्न आइपुग्छन’ त्यहाँका एक कर्मचारीले भने-‘तपाई यही गाउँको हो भने केही प्रमाण दिनुस् भन्दा सबै चीज पहिरोले पुरिएर लगेको छ कसरी देखाउने भन्छन् । यहाँको पीडित भन्ने कुरा नै पहिचान गर्नै समस्या परिरहेको छ ।’
तर, यता सम्बन्धित निकायले भने राहत वितरणलाई तीब्र रुपमा अघि बढाइरहेको दाबी गरेको छ । सञ्चारकर्मीहरुसँगको भेटघाटमा जिल्ला प्रमुख अधिकारी गोपाल पराजुलीले पहिरोमा परेकाहरुको खोजी कार्य तीब्र रुपमा अघि बढिरहेको बताउादै पहिरो पीडित र विस्थापितहरुको पहिचान गरी राहत वितरण गर्ने कामलाई तीब्रता दिइएको बताए ।
उनले राहतका लागि संकलन भएको रकमको अभिलेखीकरण गर्ने बताउादै संकलित राहत रकम बास्ताविक पीडितका लागि खर्चिने बताए । उनले पीडितहरुको पहिचान गर्ने काम प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै पीडितहरुलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन आफुबाट कुनै कसर बाँकी नराख्ने दाबी गरे ।
उक्त घटनाबाट विस्थापित हुनेको संख्या ४ सय ७६ र कुल मृतक तथा बेपत्ताको संख्या १५६ रहेको छ । हालसम्म घटनामा ३३ जनाको शव भेटिएको छ भने १ सय २३ जनालाई स्थानीय प्रशासनले मृत घोषणा गरेको छ ।
जसमध्ये ११ जना आन्तरिक पर्यटक रहेको जिल्ला प्रमुख अधिकारी पराजुलीले जानकारी दिनुभयो । अहिलेसम्म निकालिएको तथ्यांकअनुसार पहिरोबाट माथिल्लो भेगको १ सय १३ घर बगाएको छ भने तल्लो क्षेत्रको १८ वटा घर डुबानमा परेको छ ।
सोमबारसम्म किरिया खर्च बुझिलिने १ सय ४३ जना, घर क्षति बुझिलिनेको संख्या ३ जना र राहत सामाग्री बुझ्नेको संख्या ४ सय ५९ परिवार रहेका छन् । सामान्य र गम्भिर गरी जीवत उद्धार गरिएको संख्या २७ रहेको छ ।
प्रकाश खालिङ/टीजेएफ-नेपाल
प्रतिक्रिया 4