Comments Add Comment

सुनकोशी पहिरो पीडितलाई सिभिल बैंकको पौने ४ लाख सहयोग

Civil-Bank-LTD-२८ साउन काठमाडौं । सुनकोशी नदीमा आएको पहिरोबाट विस्थापित भएका पीडितहरुलाई सिभिल बैंकले ३ लाख ७६ हजार ३ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले एक लाख रुपैयाँ र बैंकका कर्मचारीहरुले एक दिनको पारिश्रमिक संकलन गरी ‘सिभिल सुनकोशी दैवी प्रकोप उद्घार कोष’ मार्फत पीडितहरुलाई प्रदान गर्न लागेको हो ।

इच्छुक व्यक्ति तथा संघ-संस्थाहरुले सिभिल बैंकको देशभरका रहेका ४० शाखाहरुम्ाार्फत कोषको खाता नं ००२००९९९९९९०४१ भदौ ३ गतेसम्म रकम जम्मा गर्नसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किसोर महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment