
१० भदौ, काठमाडौं । राजधानीमा नाडा अटो-शो चलिरहेको छ । चाडपर्बको पूर्वसन्ध्यामा आयोजित नाडा शो हेर्न जानेहरुको ठूलो घुँइचो छ । गतवर्षहरुमा भन्दा यो वर्ष स्टलहरुमा दर्शकको घुइँचो बढेको देखिएको छ ।
सवारी उत्पादक तथा वितरक कम्पनीका प्रतिनिधिलाई पनि मेलामा आˆनो प्रोडक्टबारे ग्राहकलाई बुझाएर भ्याइनभ्याइ छ ।
अटा ब्यवसायीले प्रत्येक वर्ष हुने नाडा अटो-शोलाई आफ्नो ‘दशैं’को संज्ञा दिन्छन् ।
हुन पनि चाडबाडमा नयाँ साधन र समाग्री किन्ने नेपालीहरुको परम्पराले यो मेलालाई पनि विशेष बनाउँछ ।
अर्थात् यतिबेला अटो ब्यवसायी ग्राहकलाई आˆनो प्रोडक्टमा विश्वास दिलाएर बुकिङ लिनमा ब्यस्त छन् ।
नभएको फुर्सद निकालेर भएपनि अटो प्रोडक्टबारे जानकारी लिन उपभोक्ताहरु भृकुटीमण्डप पुगिरहेका छन् । मेलामा आफ्ना उत्पादनलाई अझ बोल्ड रुपमा प्रस्तुत गर्न वितरकहरुले सँधैको झैँ स्टलहरुमा अटो-मोडलहरु राखेका छन् । भृकुटीमण्डपमा अहिले सुन्दर गाडी र बाइकसँगै अटो-मोडल सुन्दरीहरुको पनि ग्ल्यामर फैलिएको छ ।
विश्वब्यापी रुपमा नै रहेको यो अभ्यासलाई नेपालमा पनि प्रयोग गरिएको छ । गाडीको ग्ल्यामरलाई अझ बोल्ड गर्ने अभ्यासलाई नेपालमा पनि प्रयोग गरेको देखिन्छ ।
प्रतिक्रिया 4