+
+
Shares

प्रभु साहको राजीनामा अस्वीकृत, काममा फर्किन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १०:५०

१० भदौ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

पार्टीले राजीनामा अस्वीकृत गरेको बारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?