
५ भदौ, रौतहट । नेकपा नेता एवम् रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहमाथि पद दुरुपयोगको आरोप लागेको छ । पूर्व माओवादीहरुले सदरमुकाम गौरमा पत्रकार सम्मेलन गरेर साहलाई निषेधको राजनीतिक गरेको आरोप लगाएका हुन् ।
नेकपा पूर्वसासंद अशोक जयसवालले बुधबार गौरमा पत्रकार सम्मेलन गरेर साहले तल्ला तहका पार्टी कमिटीमा आफू निकटका व्यक्तिलाई स्थान दिएर पुराना नेता कार्यकर्तालाई पाखा लगाएको आरोप लगाए ।
माओवादी पूर्वलडाकुसमेत रहेका जयसवालले प्रदेश नम्वर २ को नेतृत्वले हालै गठन गरेको जिल्ला समिति र पालिका समितिहरुलाई मान्न बाध्य नहुनेसमेत बताए । उनले त्यसलाई नसच्याए समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिए ।
पूर्व कानुनमन्त्रीसमेत रहेका प्रभु साहलाई नेकपाले प्रदेश २ को अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो । तर, उनले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको भन्दै राजीनामापत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाएका छन् ।
प्रतिक्रिया 4