+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

चोरी मुद्दाका आरोपित हत्कडी खोलेर भागेपछि…

एक समातिए, अर्का फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १५:४६

१० भदौ, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् ।

प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो ।

पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेको जनाइएको छ ।

‘बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएका रहेछन्’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशीलसिंह राठौरले भने, ‘सूचना प्राप्त भएलगत्तै खटिएको टोलीले नेपालीलाई चाहिँ पक्राउ गर्न सफल भएको छ ।’

नेपाली थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएको उनले बताए ।

पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?