Comments Add Comment

थाइल्यान्ड बस्न पारसले एक महिनाको भिसा पाए

Paras-shaha

३१ साउन, काठमाडौ । पूर्व युवराज पारस शाहको भिसा एक महिनाका लागि मात्रै थपिएको छ । अदालतको फैसला नआएका कारण तत्काल थाइल्याण्डमा बस्ने गरी एक महिना थपेको हो । थाइल्याण्डको अध्यागमन विभागले शुक्रवार एक महिनाको भिसा थप गरेको जनाएको छ ।
१० दिनअघि भिसाको म्याद सकिएपछि दैनिक ५ सय भाट जरिवाना तिरेर थाइल्याण्ड बस्दै आएका पारसको स्टुडेन्ट भिसामै एक महिना म्याद थप गरिएको हो । एक साता अघि नै प्रवेशाज्ञा (भिसा) को म्याद थप्नुपर्ने अदालतको पत्रका कारण रोकिएको थियो । विहीवार अदालतले एक महिनाका लागि म्याद थप गर्न आग्रह गर्दै थाई अध्यागमन विभागलाई पत्रकार गरेको थियो । अदालतको पत्रको आधारमा शुक्रवार एक महिनाका लागि स्टुडेन्ट भिसा थप गरेको नेपाल समाचारपत्रले खबर छापेको छ ।
थाइल्याण्डस्थित एक नेपालीले दिएको जानकारी अनुसार मुद्दा किनारा नलागेसम्म भिसा दिन नमिल्ने भएकाले एक/एक महिना गरी तीन पटक सम्म भिसा लिने तयारी गरिएको छ । ‘अदालतको मुद्दा सकिएपछि मात्रै नेपालीकै सहयोगमा बिजनेस भिसा माग गर्ने तयारी भइरहेको छ’-उनले भने । पारसको वकिल साक्छाइले भिसा थप गर्नका लागि शुक्रवार कागजपत्र पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment