Comments Add Comment

बर्दियामा हजारौं घर डुवानमा, मृतकको संख्या १३ पुग्यो

३१ साउन, काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले बर्दियामा हजारौं घर डुवानमा परेको छ । बबई र कर्णाली नदीमा आएको बाढीका कारण शनिबार अपराहृनसम्ममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

शुक्रबार ५ जनाको मृत्यु भएको थियो । बाँकी ८ जनाको शव भेटिएको छ । अझै १५ जना हराइरहेका छन् । ‘कुनै न कुनै रुपमा नगरपालिकासहित सबै गाविस प्रभावित छ’ प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले अनलाइनखबरसँग भने-‘हजारौं घर डुवानमा परेका छन् ।’

बाढी पसेर कति घर भत्किएका छन् । भौतिक क्षतिको कुनै मूल्यांकन हुन सकेको छैन । बाढीमा फसेकाहरुको उद्दारका लागि हेलिकोप्टर प्रयोग गरिएको छ ।

उद्दार गरिएकाहरुलाई राहत विपरण हुँदैछ । ‘अहिले तत्काल चिउरा, पानी, चाउचाउ वितरण गर्दैर्छौं’ प्रजिअ पौडेलले भने-‘खानेपानीको अ अभाव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment