Comments Add Comment

जेट बिमानसहित सौर्य एयरलाइन्सले आन्तरिक उडान थाल्दै 

bombardier-crj200_sourya३ भदौ, काठमाडौ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी ‘सौर्य एयरलाइन्स’ले आगामी दुई साताभित्र उडान थाल्ने भएको छ ।

यसका लागि सौर्यले क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित जेट बिमान सोमवार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कम्पनीले ५४ सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सीआरजे-२००) सिरिजको जहाजमा ५० सिट यात्रुका लागि छुट्याइएको छ ।

मुलुकको आन्तरिक उडानमा पहिलो पटक  जेट इन्जिनयुक्त जहाज प्रयोग गर्न लागिएको कम्पनीका अध्यक्ष रोम घिमिरेले जानकारी दिए ।काठमाडौबाट धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर र भद्रपुर सञ्चालन गर्ने तयारी गरेको घिमिरेले बताए ।

जेट इन्जिनयुक्त भएको कारण यो जहाज अन्य जहाजको तुलनामा १५ देखि २० मिनेट चाँडै पुग्ने पनि कम्पनीले जनाएको छ ।
लिज पर्चेजबाट ल्याइएको उक्त जहाज उडाउनका लागि ६ महिनासम्म जहाज उपलब्ध गराएको कम्पनीले नै ब्यवस्था मिलाएको छ ।
सौर्यले आफ्ना दुई जना पाइलटलाई जहाज उडाउने थप तालिमका लागि विदेश पठाईसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment