+
+

लुम्बिनी यात्रामा सिन्डिकेटले समस्या

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १३:०१

४ भदौ, सिद्धार्थनगर । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जाने पर्यटकलाई स्थानीय बस व्यवसायी संघले सिन्डिकेट लगाउँदा समस्या भएको छ ।

Lumbiniयस क्षेत्रमा रहेका पश्चिम नेपाल बस व्यवसायी समिति र सिद्धार्थ बस व्यवसायी समितिले आलोपालो प्रणालीले बस तथा जिप सञ्चालन गर्दा स्तरीय पर्यटक बस चलाउन चाहनेका लागि वञ्चित पारिएको छ ।

निजी क्षेत्रबाट लुम्बिनीको विकास र सहज यातायातका लागि भन्दै स्तरीय र पर्यटकीय सवारीसाधन चलाउन प्रयास गर्नेका लागिसमेत दुवै समितिको सिन्डिकेटका कारण समस्या रहेको पर्यटन कार्यालय भैरहवाले जनाएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय पर्यटन दिवस पारेर पोखराको माउन्टेन ओभरल्यान्ड ट्राभल एन्ड टुर्स कम्पनीले सुरु गरेको पोखरा, चितवन, लुम्बिनीस्तरीय पर्यटक बस सेवासमेत सुरुवात गरेलगत्तै स्थानीय बस व्यवसायी समितिले जबर्जस्तीरूपमा चल्न नदिँदा बन्द गर्न बाध्य पारिएको सिद्धार्थ एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्टस साट्टा लुम्बिनी च्याप्टरका अध्यक्ष सागर अधिकारीले बताए ।

सिन्डिकेटका कारण लुम्बिनी यात्रा गर्ने पर्यटकले पुराना थोत्रा बस तथा जिप प्रयोग गर्न बाध्य भएको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् । धेरै पर्यटक प्रवेश गर्ने स्थलमार्ग बेलहियादेखि नै २० वर्षे पुराना जिप सिन्डिकेटमार्फत चलाउनाले नेपालमा आउने पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् ।

निकट भविष्यमा निर्माण हुन लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा बुद्धस्थल रामग्राम, तिलौराकोट लगायतका स्थानमा सहज रूपमा यात्रा गर्न पर्यटकीय बस सञ्चालन गनुपर्ने आवश्यक रहेको उद्योग व्यापार सङ्गठन रुपन्देहीले समेत माग गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?