किर्तिमानका लागि मानिसले विभिन्न काम गर्छन् । इटालीमा भने २ किलोमिटर लामो टेबुल बनाएर विश्व किर्तिमान कायम गरिएको छ ।
इटालीको लुका सहरमा टेबुलहरु एक आपसमा जोडेर २ किलोमिटरको टेबुल तयार पारेर किर्तिमान कायम गरियो ।
२ किलोमिटरको लाइन तयार पार्न २.२ मिटरका ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो ।
ज्ाुन २७ मा लुकाको पर्खाल निर्माणको ५ सयौँ वर्षगाँठ मनाउन यस्तो किर्तिमानी कार्यक्रमको आयोजना गरिएकोथियो ।
पन्ध्र घण्टाको समय लगाएर ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो । २ किलोमिटरको टेबुल बनाएसँगै त्यहाँ भव्य पार्टी समेत भयो ।
भिडियो हेर्नुस्