+
+
Shares

घुस्याहा हाकिमलाई ‘भैँसी घुस’ !

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १६:४८

हाम्रा सरकारी कार्यालयहरुमा प्रायः सरकारी कर्मचारीहरुलाई घुसको रुपमा नगद दिनु पर्दछ । घुस्याहा कर्मचारीहरुले हैरान पारेपछि कतिपय सेवाग्राहीहरुले अख्तियारलाई समेत गुहार्दछन् । तर भारतमा भने एकजना घुस्याहा कर्मचारीलाई सवक सिकाउनका लागि एक व्यक्तिले अनौठो उपाय अपनाएका छन् ।

घुस माग्ने सरकारी अधिकारीलाई घुस स्वरुप ती किसानले एउटा भैँसी दिए । भैँसी दिएनन् मात्र, त्यो भैँसीलाई ती सरकारी कर्मचारी चढ्ने गाडीमै लगेर बाँधिदिए ।

मध्य प्रदेशको टिकमगढस्थित खडगपूरका तहसीलदार सुनिल बर्माले एकजना किसानको जग्गाको दाखेल खारेज गर्नका लागि एक लाख भारु घुस मागेका थिए ।

५० वर्षका लक्ष्मी बर्मा नामका ती किसानले तहसीलदारले मागेको एक लाख भारु घुस नगदमै दिन सकेनन् । उनले ५० हजार त नगदै दिएका थिए । तर बाँकी रकम नभएपछि उनले आफ्नो घरको भैँसी लगेर उनको गाडीमा बाँधिदिए ।

किसानले घुस स्वरुप तहसीलदारको गाडीमा ल्याएर भैँसी बाँधिदिएपछि त्यसले तहल्का नै मच्चायो । धेरै मानिसहरु त्यहाँ जम्मा भए । अन्ततः तालुक निकायका अधिकारीले ती किसानलाई तहसीलदार विरुछ उजुरी दर्ता गर्न भने बमोजिम उनले उजुरी दर्ता गरेसँगै हाल उक्त भैँसी घुस काण्डको छानविन भैरहेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?