Comments Add Comment

दुई भाइको लडाइँले जन्माएका दुई ब्राण्ड, एडिडास र पुमाको रोचक कथा

बजारमा स्पोर्ट शू का दुई प्रमुख प्रतिस्पर्धी ब्राण्ड हुन् एडिडास र पूमा । के तपाइँलाई थाहा छ, यी दुई कम्पनीका मालिकहरु साख्खे दाजुभाइ थिए ?
एडिडासका मालिक एडोल्फ ड्यासलर र पूमाका मालिक रुडोल्फ ड्यासलर जर्मनीको एउटा गरीब परिवारमा जन्मिएका थिए ।

उनीहरुका बुवा एउटा जुत्ताको कारखानामा काम गर्दथे । उनीहरुकी आमाले कपडा धुने कारखाना चलाउँदथिन् । यो परिवारले घरमै चप्पल बनाएर बेच्ने काम पनि गर्दथ्यो ।

सन् १९२० मा जर्मनकीको हर्जोगेनार्च भन्ने ठाउँमा यो परिवारले आफ्नो पहिलो जुत्ताको कारखाना र पसल खोल्यो । उक्त कारखानाको नाम ड्यासलर ब्रदर्श स्पोर्टस् शू कारखाना राखिएको थियो । एडोल्फ जुत्ता बनाउनमा माहिर थिए । जबकी रुडोल्फ जुत्ताको व्यापार गर्नमा खप्पिस व्यापारी थिए । अर्को रोचक कुरा त के भने यी दुई भाई नै तत्कालीन जर्मन तानाशाह हिटलरको पार्टीका सदस्य थिए ।

त्यहीँ समय ओलम्पिक खोलका क्रममा दुई भाइले अमेरिकी खेलाडि जेस ओवेन्सलाई उनीहरुले बनाएर जुत्ता लगाउन राजी बनाए । तब त के चाहियो र ? ड्यासलर भाईको जुत्ता कम्पनीको भाग्य नै चम्कियो ।

सन् १९३६ मा जेस ओवेन्सले ओलम्पिकमा चारवटा स्वर्ण पदक जिते । उनको जितले ड्यासलर कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दियो । तर ड्यासलर भाइको जिन्दगीमा आएको त्यस सफलताको असर उनीहरुको सम्बन्धमा पर्न थाल्यो ।

यद्यपि आजसम्म मानिसहरुले ती दुई भाइको बीचमा भएको झगडाको कारण थाहा पाउन सकेका छैनन् । द्वितीय विश्वयुद्ध पछि आखिर दुई भाई अलग भए ।

उनीहरुको जुत्ता कम्पनीमा पनि विभाजन भयो । एडोल्फले आफ्नो कम्पनीको नाम एडिडास राखे । उता रुडोल्फले भने आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे ।

उनीहरुको पूरानो कम्पनीका कामदारमध्ये आधा एडिडासमा गए भने आधा पुमामा गए ।

एडिडास र पुमा कम्पनीबीच यतिधेरै शत्रुता भयो कि सहरमा यी दुई ब्राण्डका जुत्ता लगाउने मानिसहरु समेत एक अर्कालाई देखि सहँदैनथे । दुई कम्पनीमा काम गर्ने कामदार त एक अर्कासँग बोल्दैनथे पनि । कम्पनीले आफूकहाँ काम गर्ने कर्मचारीलाई अर्को कम्पनीमा काम गर्ने कर्मचारीसँग कुनै पनि सम्बन्ध राख्नका लागि निषेध गरेको थियो ।

दुबै भाइको सन् १९७० को दशकमा मृत्यु भयो । उनीहरुको शत्रुता मृत्युपछि पनि कायम राखियो । एउटै चिहानघारीमा उनीहरुको अन्त्येष्टि गरिएको भएपनि उनीहरुको लासलाई अधिकतम टाढा दूरीमा राखेर गाडिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment