+
+
Shares

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण आज रसियन हाउस काठमाडौंमा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले उद्घाटन गरे।

१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो ।

महोत्सवले हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) चलचित्र निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले महोत्सवको उद्‌घाटन गरेका थिए । उद्‌घाटन समारोहमा कार्यक्रमा जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमद र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के.पी. पाठककोउपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र यसको भावी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउन नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान र रसियन हाउसबीचको सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाइन् ।

महोत्सव निर्देशक श्री राशिक पाठकले दर्शक, महोत्सवका साझेदार तथा प्रवर्द्धकहरूप्रति आभार व्यक्त गरे ।

महोत्सवको आयोजना नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानले गरेको हो ।

उद्घाटन समारोहपछि दिउँसो १:१५ बजे लेबनानी निर्देशक नादिम ताबेतद्वारा निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ को प्रदर्शनसँगै महोत्सवका स्क्रिनिङहरू सुरु भएका थिए । ८५ मिनेट अवधिको यो अरबी भाषाको अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो।

कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा आगामी दुई दिन नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रहरू प्रदर्शन हुनेछन् । अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्रको उपस्थिति सुदृढ बनाउँदै चलचित्रकर्मी तथा चलचित्रप्रेमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?