Comments Add Comment

एनआरएन भवन बनाउन डीसी क्षेत्रबाट ७० लाख रुपैयाँ संकलन

NRN-help

वासिङटन डीसी । गैरआवासीय नेपाली संघको काठमाण्डौमा कार्यालय भवन बनाउन रकम संकलन अभियानको नेतृत्व गर्दै अमेरिका भ्रमण रहनुभएका अध्यक्ष शेष घलेलाई एकपछि अर्को सफलता हात लागिरहेको छ । 
अध्यक्ष घलेको प्रमुख आतिथ्यमा शनिवार डीसी मेट्रो क्षेत्रमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले करिव ७० हजार अमेरिकी डलर (करिव ७० लाख रुपैयाँ) संकलन गरेका छन् । 
यसअघि सियाटल, क्यालिफोर्निया, सिकागो र वोष्टनबाट करिव ९३ हजार डलर संकलन भएको थियो । पाँचवटै क्षेत्रबाट हालसम्म उठेको रकम झण्डै १ लाख ६३ हजार डलर(झण्डै १ करोड ६३ लाख रुपैयाँ) पुगेको छ । 
अध्यक्ष घले करिव १५ दिनदेखि उत्तर अमेरिकी क्षेत्रमा आयोजित बिभिन्न सामुदायिक कार्यक्रम सहभागी भई गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि रकम संकलन अभियान संचालन गरिरहनुभएको छ ।
एनआरएन अमेरिकाले शनिवार डीसी मेट्रो क्षेत्रमा आयोजना गरेको डिनर कार्यक्रममा सो रकम संकलन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको संस्थागत विकाश आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै भवन निर्माणलाई पहिलो खुडकिलोको रुपमा लिएको बताउनुभयो । 
एनआरएनप्रति अमेरिकामा बस्ने नेपालीहरुको बढ्दो लगाव र पछिल्लो समयमा भवन निर्माणका लागि देखाएको उत्साहले आफुलाई निकै उर्जा मिलेको अध्यक्ष घलेले बताउनुभयो । 
डीसीवासी नेपालीको उत्साहपूर्ण साथ र समर्थनले आफुलाई २४ सै घण्टा सामाजिक कार्यमा लाग्न प्रेरित गरेको उहाँले यो अभियानमा लाग्ने अमेरिकाबासी गैरआवासीय नेपालीहरुप्रति कृतज्ञता ब्यक्त गर्नुभयो । 
कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराम घिमिरे, महाबाणिज्यदूत प्रेमराजा महत, गैरआवासीय नेपाली संघका सल्लाहकार रामचन्द्र खरेल, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी, महासचिव कृष्ण पोखरेल लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो । 
पछिल्लोपटक देखिएको उत्साहपूर्ण सहभागिताले एनआरएन अमेरिका शशक्त हुँदै गएको सन्देश दिएको भन्दै एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष तिवारीले यहाँ बसोबास गर्ने करिव २ लाख नेपाली नै एनआरएन सदस्य बन्न चाहना राख्ने आफुले बिश्वास लिएको बताउनुभयो । 
रकम संकलन अभियान अन्र्तगत आइतबार साँझ न्यूयोर्कमा बिशेष कार्यक्रमको आयोजना गरिँदै छ । यो सँगै अध्यक्ष घलेको अमेरिका बिशेष अभियान सम्पन्न हुनेछ । बिगत १५ दिनदेखि उत्तर अमेरिकी क्षेत्रको भ्रमणमा रहनुभएका अध्यक्ष क्यानडा र अमेरिकाका बिभिन्न शहरमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment