+
+

बाढी पीडितलाई इन्भेष्टमेन्ट बैंकको १० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते १२:२१

Nepal-Investment-Bank-final९ भदौ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले सो रकम उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले प्रधानमन्त्री सुशील कोइरालालाई सोमबार बिहान चेक हस्तान्तरण गरे ।

चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले देशमा विपत आइपर्दा सबै नेपालीले सहयोग गर्छन भन्ने कुरा सिद्ध हुँदै गएको बताए । बैंकका सीइओ पाण्डेले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितलाई सहयोग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?