Comments Add Comment

कावेली बैंकको सञ्चालन नाफा ९३ प्रतिशत बढ्यो

११ भदौ, धनकुटा । धनकुटा जिल्लामा प्रधान कार्यालय रहेको कावेली विकास बैंकले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ९३ प्रतिशतले बढाएको छ । बैंकले यस अवधिमा १ करोड ६६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैकका कार्यकारी अधिकृत शैलेन्द्रवादे श्रेष्ठले जानकारी दिए ।

बैकमा अहिले १ करोड ५ लाख ८० हजार रुपैयाँ खुद मुनाफा सञ्चित छ । अघिल्लो आर्थिक वर्षमा वैकले ८५ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकले गत आर्थिक वर्षमा ४४ करोड २५ लाख रुपैया निक्षेप संकलन गरेको कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

दुई हजार ६ सय ८२ शेयर सदस्य रहेको बैंकको हाल प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७६ पैसा रहेको छ । बैकले १४ ओटा बचतका योजनाबाट ग्राहककर्ताहरुलाई २.४ देखि ४.५ प्रतिशत ब्याज दिने गरेको छ ।

त्यसैगरी बैंकले मुद्दतीमा ८.५ प्रतिशत ब्याज दिने गरिएको अधिकृत श्रेष्ठले बताए । बैंकले विशेषगरी कृषि, निर्माण क्षेत्र, पर्यटन, थोक खुद्रा व्यापारका क्षेत्रमा लगानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment