Comments Add Comment

दृष्टिविहीनलार्इ घर बनाउन हेलसिन्कीमा दौडेर आठ लाख

runश्रवण खनाल

हेलसिन्की । गुल्मीको रिमुवा गाँउस्थित जनज्योति उच्च माविमा अध्ययनरत दृष्‍टिबिहीन विद्यार्थीहरुलाई आवासगृह बनाउन फिन्ल्यान्डको राजधानी हेलसिन्कीमा दौडेर सहयोग जुटाइएको छ ।

 गैर आवासीय नेपाली संघ फिन्ल्याण्डले हेल्सिन्कीमा दौड आयोजना गरेर दृष्टिविहीनका लागि ८ लाख रूपैयाँ जम्मा गरेको हो ।

गत शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा ६ किलोमिटर लामो दौड आयोजना गरेर सो रकम जम्मा गरिएको हो । तीन वर्षदेखि भइरहेको दौडबाट उठ्ने रकम नेपालको सामाजिक क्षेत्रमा खर्च गर्ने गरिएको छ ।

जन्मभूमिलार्इ सहयोग पुग्ने भएपछि कहिल्यै नदौडेकाहरू पनि उत्साहका साथ प्रतियोगितामा सहभागी हुने गरेका छन्। प्रतियोगिताका सहभागी धावकहरुलाई बिभिन्न ब्यक्ति र संस्थाले प्रायोजन गर्दछन्। प्रतियोगितालार्इ प्रतिस्पर्धात्मक भन्दा बढी मनोरन्जनात्मक बनाइँदा बालकदेखि प्रौढ महिला पुरुष भाग लिने गर्दछन।

run2run3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment