Comments Add Comment

चलचित्रको नाम ‘पास्ट’, के छ त खास ?

past-movie
विगतले भविष्यलाई कस्तो असर गर्छ भन्ने बिषयमा चलचित्र ‘पास्ट’ बन्ने भएको छ । यो सिनेमाको भक्तपुरको त्रिशुल डाँडामा शुभसाइतसँगै छायांकन आरम्भ गरिएको छ । रामकृष्ण थापाको निर्माणमा तयार हुन लागेको चलचित्रलाई नविन निरौलाले निर्देशन गर्दैछन् ।

चलचित्रमा आनन्द पुन, मोनिका दाहाल, विश्वराम खड्का, रामकृष्ण थापा, रामचन्द्र अधिकारी, शंकर आचार्य लगायतका कलाकारले अभिनय गर्दैछन् । चलचित्रमा भरत क्षेत्रीको एक्सन, नीम संगीतको संगीत, रामेश्वर हुमागाइँको छायांकन छ । चलचित्रको छायांकन दशै अगाडि नै सक्ने निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment