१८ भदौ, सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इनरुवामा ट्रकको ठक्कर एकजनाको मृत्यु भएको छ । बुधवार बिहान भारतको मेघपुर घर भई हाल इनरुवा ५ स्थित मामा घरमा बस्दै आएका १५ वर्षका अस्लम मोहमद को मृत्यु भएको छ ।
बिहान पौने ४ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख १८०२ नम्बरको ट्रकले बिक्रीका लागि झुम्का बजार ल्याई दैगरेका भैंसीका पाडाहरु सहित अस्लमलाई इनरुवा ३ मा ठक्कर दिँदा अस्लम र एउटा पाडाको घटना स्थलमै मृत्यु भएको हो । ट्रकको ठक्करबाट २ वटा पाडा घाइते भएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्रक तथा चालक काभ्रेे मेचेपौवा ४ निवासी २५ वर्षका किशोर रायमाझीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4