Comments Add Comment

एसीसी च्याम्पियनसिपको तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने

१८ भदौ, काठमाडौं । दुई दिवसीय एसीसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली श्रीलंका जाने भएको छ ।

आयोजक एसियन क्रिकेट काउन्सिलले सहभागी चार देशलाई श्रीलंका भ्रमणमा लैजाने प्रस्ताव गरेको छ, जसलाई श्रीलंकन क्रिकेट बोर्डले स्वीकृत गरेको छ । श्रीलंकन क्रिकेट कोर्डको बैठकले एसीसीको खर्चमा चार देशलाई भ्रमणमा बोलाउने प्रस्ताव स्वीकृत गरेको हो ।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले पनि श्रीलंका भ्रमणबारे एसीसीसँग कुरकानी भइरहेको बताएको छ ।

क्यानले प्रशिक्षक पुबुदु दशानायकेसँग वर्किङ एगि्रमेन्ट गर्दैछ । सरकारले १० महिनाका लागि उनलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

एसीसी च्याम्पियनसिप डिेसम्बर सातदेखि १४ सम्म हुनेछ । जसमा पि्रमियर लिगको शीर्ष चारमा परेका विजेता अफगानिस्तानसँगै यूएई, नेपाल र ओमानले भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment