Comments Add Comment

नीतासँग दिनेशको ८१ लाखमा ‘फूलै फूलको मौसम तिमीलाई’

dinesh-dc-and-nita-dhungana
अन्य ब्यानरमा सिनेमा निर्देशनमा लामो समय बिताएका निर्देशक दीनेश डीसी अब आफ्नै ब्यानरमा चलचित्र बनाउन जुटेका छन् । दीनेश डीसी प्रोडक्शनमा चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को छायांकन असोज १ गतेबाट सुरु हुने जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ ।

८१ लाखको लगानीमा बन्ने भनिएको यो सिनेमामा करिश्मा मानन्धर, नीता ढुंगाना र निर शाह कलाकारको रुपमा पक्का भएका छन् । एक नव-नायकलाई यही सिनेमाबाट सिने क्षेत्रमा भित्राउने तयारीमा लागेका डीसीले नाम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।

चलचित्र ‘६ एकान ६’ मा नीतासँग काम गरेपछि गसिप बजारमा दीनेश र नायिका ढुंगानाका बिषयमा विभिन्न खालका चर्चा नचलेका होइनन् । अब डीसीले नीतामाथि नै ८१ लाख लगानी गर्ने भएपछि गसिप बजारलाई झनै मसला मिलेको छ ।

कथा समेत दीनेशकै रहेको सिनेमामा पटकथा जगदिश्वर थापा, संगीत सुरेश अधिकारी, छायांकन पुरुषोत्तम प्रधान, एक्सन एनबी महर्जनको रहनेछ । चलचित्रको प्रदर्शन २०७२ साल वैशाख ११ गते गर्ने तयारी गरिएको छ ।

दीनेशले भने-‘डीसीको सिनेमामा हेलिकप्टर पनि हुन्छ । अनि यो सिनेमा रमाइलो प्रेम कहानीमा आधारित छ ।’ डीसीले आफूले आफ्नै घरबाट रकम निकालेर सिनेमा बनाउन लागेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment