Comments Add Comment

सिटिजन्स बैंकद्धारा स्कुललाई कम्प्यूटर सहयोग

२४ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मंगलबार शिक्षा जगतमा टेवा पुर्‍याउने उद्देश्यसहित नुवाकोटको ओखरपौवास्थित महालक्ष्मी प्राथमिक विद्यालयलाई चार थान कम्प्यूटर सहयोग गरेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विद्यालयका प्रध्यापक विक्रम श्रेष्ठलाई कम्प्युटरहरु हस्तान्तरण गरे ।

मंगलबार नै बैंकले थापाथली तथा बाराको कोल्हबी शाखा कार्यालयबाट एटीएम  सञ्चालनमा ल्याएको छ । बैंकका कूल एटीएम संख्या ३९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment