Comments Add Comment

हिमालयन बैंकद्धारा बाढी पीडितलाई सहयोग

Himalayan-Bank-Rahat-bitraran

२७ भदौ काठमाडौं । हिमालयन बैंक कर्मचारी संघ दाङले स्थानीय पुरन्धाराका बाढी पीडित ८ सय ९३ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

संघले प्रतिपरिवार २० किलो चामल, दुई किलो दाल, च्यूरा तथा पिठो, एक किलो नून र आधालिटर खाने तेल वितरण गरेको जनाएको छ । त्यसैगरी संघले विद्यार्थीका लागि कापी, कलम र लत्ताकपडा पनि वितरण गरेको छ ।

संघको अगुवाईमा बैंकमा कार्यरत कर्मचारीबाट संकलन गरेर सो सहयोग वितरण संघका उपाध्यक्ष सुनिल शमा नेतृत्वको टोलीले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment