Comments Add Comment

अर्थमन्त्रीले भने- मुलुकको विकासमा ‘ब्रेन पावर’ आवश्यक हुन्छ

२७ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मुलुक सम्पन्नशाली बन्न प्राकृतिक सम्पदा भन्दा पनि उच्चस्तरको मानवीय खुबी आवश्यक पर्ने बताएका छन् । चितवनमा आयोजित नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको प्रथम राष्ट्रिय सम्मेलनको ramsharan mahatउद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिलेको महत्वपूर्ण पक्ष जनशक्ति हो, ब्रेन पावर हो, यही ब्रेन पावरका कारण प्राकृतिक सम्पदा नभए पनि जापान र सिंगापुरलगायतका पूर्वी एसियाली देशहरुको विकास सम्भव भएको हो’ महतले भने ।

नेपाल प्राकृतिक सम्पदाले धनी भएपनि ब्रेन पावरको सदुपयोग नगर्दा पछि परेको उनले बताए । मानवीय शक्तिको सिर्जनशिलता, नयाँ नयाँ आविस्कार र सिर्जनशिलताका लागि प्रोत्साहन गर्न चालु आर्थिक बर्षको बजेटमार्फत त्यस्तो क्षमता भएका उद्यमशील व्यक्तिहरुलाई उद्योग तथा व्यवसाय स्थापनाका लागि शुरु पुँजी उपलब्ध गराउने घोषणा गरिएको बताए ।

नेपाल शान्तिको मार्गमा अगाडि बढिसकेको बताउँदै मारवाडी समुदायलाई नेपालमा पैसा खन्याउन आग्रह गरे । ‘तपाईहरुको पैसाको सुरक्षा हुनेछ, निर्धक्क भएर लगानी गर्नुहोस’ उनले भने -यो समुदायमा उद्यमशिलता छ । पैसाभन्दा पनि ठूलो कुरा उद्यमशिलता हो ।

नयाँ नयाँ आविस्कार गरी युवा जनशक्तिले स्वदेशमै लगानी बढाउने हो भने मुलुकले छिटै फड्को मार्न सक्ने उनको भनाई थियो । उनले खुला र बजारमुखी नीतिलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment