Comments Add Comment

पानीमा रुझ्दै पूजनाले गरिन् मस्ती(फोटो फिचरसहित)

pujana-stir
शनिबार, दरबारमार्गको चहलपहल अर्कै थियो । बाटोमा हिड्नेदेखि सवारीमा रहेका यात्रुहरु रोकिदै केही हेर्दै थिए । ट्याक्रबाट पानीको फोहरा झारिएको थियो । एक यूवती कसैको प्रवाहा नगरि पानीमा मस्ती गर्दै थिइन् । ट्याक्रको पानी सकियो । तर, प्रकृतीले पनि ती यूवतीलाई साथ दियो । एकाएक ठूलो पानी पर्‍यो । यात्रुहरु विश्रामको बाटो खोज्दै दौडिए । तर, ती यूवती झनै पानीमा मस्ती गर्दै थिइन् ।

प्रसंग हो, चलचित्र ‘चकलेट’को एक गीतको छायांकनको । निर्मल शर्माले निर्देशन गरिरहेको यो चलचित्रमा पानीमा रुझ्दै मस्ती गर्ने कलाकार थिइन्, पूजना स्त्रि । फाटेको पहिरनमा पूजना पानीमा मस्ती गर्दै थिइन् । उनलाई केही बालबालिकाले पनि साथ दिए । बब्बु थापाको कोरियोग्राफीमा छायांकन भएको गीतमा आस्था रावतको स्वर, अर्जुन पोख्रेलको संगीत छ ।

चलचित्रमा पूजना स्त्रि, नम्रता झा, आयुष्मान घिमिरे, केशव भट्टराई, सुमन गैरे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले दरबारमार्गमा रहेका सडक बालबालिकाको कथा भन्छ । चलचित्रको नेपाल प्रदर्शनअघि हङकङ, अष्ट्रेलिया लगायतका देशमा शो गरिने निर्देशक निर्मल शर्माले बताए । pujana-hot pujana-hot-1 pujana-hot-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment