Comments Add Comment

‘ए मेरो हजुर ३’मा ‘परान परान’ भन्दै नाचे अनमोल र सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘दोश्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत रोमान्टिक सार्वजनिक गरेको यसको निर्माणपक्षले दोश्रो गीत भने लोकलयको सार्वजनिक गरेको छ ।  ‘परान परान’ बोलको गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ ।

यो गीतलाई बिहेको समयमा गाइने गीतको रुपमा तयार पारिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापाको साथमा नायक सलोन बस्नेत, कलाकार रेअर राइलाई देखाइएको छ । यो गीतको भिडियोमा नायक आमेष भण्डारी दुलाहाको भेषमा देखिएका छन् ।

चलचित्रमा रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनालको पनि मुख्य भूमिका छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ ।

चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ । संजय लामा र सवनम मुखियाले खिचेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चैत्रको २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

नायक अनमोल केसीलाई दर्शकले पहिलो पटक यस्तो अवतारमा देखेका छन् । चलचित्रको यो गीतले दर्शकको मन जित्ने विश्वास गर्न सकिन्छ । यसको, शब्द, संगीत र स्वर राम्रो छ । यो गीतको ‘परान परान’ बोलको शब्द दर्शकको मुखमा झुन्डिने खालको छ । सुनिलकुमार थापाले चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment