Comments Add Comment

छोरा भेट्न पूर्व बडामहारानी नर्भिक जाँदै

५ असोज, काठमाडौं । पूर्व मूमा बडामहरानी रत्नराज्यलक्ष्मी देवी शाह छोरा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बुझ्न अहिले नर्भिक अस्पताल जान लागेकी छन् ।

उनलाई लिन निर्मल निवासबाट नारायणहिटीमा गाडी पठाइएको स्रोतले जनाएको छ । उमेर र स्वास्थ्यका कारण बाहिर कतै निस्कन छाडेकी रत्न छोरालाई हृदयघात भएको खबरपछि अस्पताल जान लागेकी हुन् ।

उनले अस्पतालमै गएर छोरा भेट्ने चाहना व्यक्त गरेपछि नारायणहिटीमा गाडी पठाइएको हो । दरवार हत्याकाण्डदेखि नै बाहिर निस्कन छाडेकी रत्न त्यहिको महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।

गणतन्त्र घोषणापछि राजपरिवारले नारायणहिटी छाडे पनि उनले महेन्द्र मन्जिलमै जीवनको अन्तिम क्षणसम्म बस्ने चाहना व्यक्त गरेपछि मानवीय हिसाबले सरकारले उनलाई त्यहि बस्ने व्यवस्था मिलाएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र प्रत्येक सोमवार आमालाई भेट्न महेन्द्र मन्जिल जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment