+
+
Shares

उपमेयरको निधनको शोकमा सप्तरीका स्थानीय तह बुधबार बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १६:१९

४ जेठ, सप्तरी । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका सबै स्थानीय तह बुधबार बन्द गरिने भएको छ ।

उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो । पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?