Comments Add Comment

युरोकपका लागि पोल्याण्डको टिम घोषणा

४ जेठ काठमाडौं । अर्को महिना सुरु हुने युरोकपका लागि पोल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक पाउलो साउसाले सोमबार रोवर्ट लेवान्डोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यो सिजन जर्मन बुण्डेसलिगामा उत्कृष्ट प्रदर्शन गर्दै लेवान्डोस्कीले ४९ वर्ष पुरानो गर्ड मुलरको कीर्तिमानसँग बराबरी गरेका थिए ।

कमिल ग्रोसिकी पनि २६ सदस्यीय टिममा पर्न असफल ठूला नाम रहे । यस्तै मार्चमा डेब्यु गरेका १७ वर्षीय मिडफिल्डर कास्पर कोजलोस्कीले भने टिममा स्थान बनाएका छन् । घाइते फरवार्ड क्रिस्टोफ पिएटेकलाई टिममा राखिएको छैन भने कमिल ग्रोसिकीलाई रिजर्भमा राखिएको छ । कमिलसँगै रिभर्जमा चार खेलाडी छन् ।

यस्तै प्रशिक्षक साउसाले गोलकिपर राडोस्लव माजेस्कीलाई २७औं खेलाडीको रुपमा टिममा राखेका छन् । तर उनी युरोकपका लागि नभई ट्रेनिङ क्याम्पका लागि मात्र टिममा समावेश हुनेछन् ।

युरोकपका लागि पोल्याण्ड टिममा ३ गोलकिपर ९ डिफेण्डर ९ मिडफिल्डर र ५ फरवार्ड समावेश छन् । समूह ई मा रहेको पोल्याण्डले स्पेन, स्वीडेन र स्लोभाकियासँग खेल्नेछ ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको हो ।

प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन हुनेछ ।

२६ सदस्यीय पोलिस टिम

गोलकिपर : लुकास फाबियन्स्की, लुकास स्कोरुप्स्की, वेज्ने सेज्नी

डिफेण्डर : जान बेडनारेक, बार्तोस बेरेन्स्की, पावल डेविडोविज, कमिल गिलिक, माइकल हेलिक, थोमस केड्जिओरा, कमिल पिएटकोस्की, टाइमोटेउस पुचाज, मासेज राएबस

मिडफिल्डर : प्रेमाइसल फ्रानकोस्की, कमिल जोजवियक, माटेउस क्लिच, कास्पर कोजलोस्की, ग्रेगोर्ज, क्रिचोवियक, कारोल लिनेट्टी, जाकुब मोडर, प्रेमाइसल प्लाचेटा, पिओर जिलिन्स्की

फरवार्ड : रोवर्ट लेवान्डोस्की, डेविड कोनास्की, अर्काडिउस मिलिक, कारोल स्वीडेरस्की, जाकुब स्वीरजोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment