
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाइ भएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरे ।
सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।
सुरुवातको चरणमा एउटा बेञ्चमा मात्र भर्चुअल प्रविधिबाट सुनवाइ गरिने र यसलाई सरोकारवालासँगको छलफलपछि व्यवस्थित गर्दै जाने उनको भनाइ छ ।
कोरोना भाइरस महामारीको समयमा अहिले सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, संवैधानिक विवादको प्रश्न, कोरोना महामारीलगायतका विषयमा सार्वजनिक सरोकारका विवादजस्ता विषयमा मात्र सुनुवाइ गर्ने गरी सीमित सेवा मात्र दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4