+
+

फेरि एक नम्बरमा दिया और बात्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते ९:०३

kum-kum
मुम्बई । भारतीय सिरियलहरुको उकालो र ओरालोको दौडमा फेरि ‘दिया और बात्ती’ १ नम्बरमा उक्लेको छ । सिरियलमा आतंकवादको दौड चलेको छ भने सोही प्रसंगले सिरियललाई आकर्षण बनाएको छ ।

सन्ध्या, जाकिर र सुरज राजकुमार र उनको ग्याङको पछाडी हात धोएर लागेका छन् । दुइ नम्बरमा परेको छ ‘कुम कुम भाग्य’ प्रज्ञा र अभिषेक जंगलमा हराएपछि कथामा नयाँ मोड आएको थियो ।

तेस्रो स्थानमा रहेको छ ‘जोधा अकबर’ । बीरबलको टि्रक सुरु भएपछि यो सिरियल चर्चामा आउने विश्वास गरिएको छ । चौथो स्थानमा रहेको छ ‘साथ निभाना साथिया’ ।

जमाइ राजा यसपाली पाँचौ स्थानमा परेको छ । अहिले पाँचौ स्थानमा भएपनि जमाइ राजाको आगमन भएपछि सिरियललाई एक नम्बरमा पुग्न बेर नलाग्ने समिक्षकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?