Comments Add Comment

एनआरएन युके बिबादः योगेनले छाड्न नमानेपछि कँडेल पक्षले लियो कार्यकारी अधिकार

ध्रुबराज अर्याल

लण्डन । पालैपालो नेतृत्व गर्ने सहमतिअनुसार अध्यक्ष योगेन क्षेत्रीले पद छाडन अटेर गरेपछि एनआरएन युकेका सहअध्यक्ष महेन्द्र कँडेल आफैले कार्यकारी अध्यक्षको अधिकार लिएको घोषणा गरेका छन् ।

mahendra kandel nrn uk
महेन्द्र कँडेल

बिभाजनको मुखमा रहेको एनआरएन युकेलाई बचाउन गत बर्ष डा. सूर्य सुबेदीको पहलमा भएको सहमतिमापालैपालो नेतृत्व लिने उल्लेख थियो । सो सहमतिमा हस्ताक्षर गरेर त्यसकै आधारमा एक बर्ष अध्यक्ष बनेका योगेनले पद हस्तान्तरण गर्न नमानेपछि कँडेल पक्षले एकतर्फी रुपमा कार्यकारी अधिकार लिएको घोषणा गरेको हो ।

अघिल्लो बर्ष सहमतिपत्रमा हस्ताक्षर गरेका योगेनले सो सहमति र त्यसकासूत्रधार डा. सूर्य सुबेदीको बैधानिकतामाथि प्रश्न उठाउँदै पद छाड्न अस्वीकार गरेपछि कँडेल समूहले कार्यकारी अधिकारी लिएको हो ।

हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारी, आईसीसी सदस्य, एनआरएनका सल्लाहकार तथा स्थानीय पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा यसअघि योगन पक्षमा रहको केही पदाधिकारी पनि कँडेलले आयोजना गरेको कार्यक्रममा सहभागी थिए । उनीहरुले अक्टोबर १२ तारिखमा घोषणासभा आयोजना गर्ने बताएका छन् ।

सहमति अनुसार कार्यकारी महासचिव र कोषाध्यक्षको जिम्मेवारी पनि कण्डेल समुहकै राजकुमार त्रिपाठी र ठाकुर शर्माले सुरु गरेका छन । यसअघि कार्यकारी भुमिकामा रहेका अध्यक्ष क्षेत्री अब सहअध्यक्षका रुपमा रहने छन भने महासचिव योगकुमार फगामी र कोषाध्यक्ष डांसु पाण्डेको भुमिका पनि अब सहायक नै रहने छ । कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरु भने यसअघिकै कायम रहने छन् ।

आजबाट कार्यकारी भुमिका पुरा गरेका अध्यक्ष योगेन क्षेत्री भने आजको कार्यक्रममा उपस्थित भएनन । पालैपालो नेतृत्वका लागि भएको सम्झौतामा हस्ताक्षर समेत गरेका क्षेत्रीले सहमतिबाट पछि हटेर कार्यकारी नेतृत्व छोडन आनाकानी गरेका हुन । तर उनी नेतृत्वकै समितिमा कार्यकारी भुमिकामा रहेका उपाध्यक्ष हिराधन राई, कोषाध्यक्ष डांसु पाण्डे लगायतका सदस्य भने सहमति कार्यान्वयनका लागि भन्दै कार्यक्रममा उपस्थित थिए ।

डा. सूर्य सुवेदीले कार्यकारी भुमिका सुरु गर्न लागेकोमा अध्यक्ष कँडेललाई शुभकामना सन्देश पठाएका थिए । कामको शिलशिलामा जेनेभा पुगेका सुवेदीले कार्यक्रममा उपस्थित हुन नपाएपनि कार्यकाल सफलताको कामनासहितको सन्देश इमेल गरेका हुन । त्यस्तै पूर्व अध्यक्ष जीवा लामिछानेले पनि कार्यकाल सफलताको कामना गर्दै कँडेललाई इमेलबाटै शुभकामना पठाएका थिए । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि कँडेललाई टेलिफोन गरेर शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment