Comments Add Comment

शिल्पालाई सजिलो छैन रेखा बन्न !

rekha-and-silpa
काठमाडौं । अहिले नेपालमा चर्चामा रहेका छन् दुई हिरोइन रेखा थापा र शिल्पा पोखरेल । कथानक चलचित्र ‘हिम्मतवाली’की निर्देशक एवं अभिनेत्री रेखाका विषयमा फिल्म चल्नुअघिसम्म फिल्मकर्मीले टिप्पणी गरेका थिए ‘फिल्म चलेपछि थाह हुन्छ रेखाको हैषियत ।’

फिल्म चलेपछि हिरोइन वा निर्देशकको चर्चा हुनुलाई अस्वभाविक भन्न मिल्दैन तर, शिल्पाको फिल्म रिलिज भएकै छैन तर, पनि चर्चा उत्तिकै छ । छबीराज ओझो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘लज्जा’ मा मुख्य भुमिका निर्वाह गरेकी शिल्पालाई कतिपयले रेखाको ठाउँमा आएकी हिरोइन भनेर समेत टिप्पणी गरेका छन् ।

शायद शिल्पामा पनि त्यो महत्वकांक्षा हुन सक्छ । तर, छोटो लुगाउँदैमा वा एकाध फिल्म हिट हुँदैमा रेखा थापा हुन सकिंदैन भन्नेमा शिल्पा जानकार हुनैपर्छ । किनकी कुनै वेला आफुलाइ रेखाकै प्रतिस्पर्धी ठान्ने धेरै हिरोइन अहिले गुमनाम छन् ।

शिल्पाको चर्चा हुनुको कारण ब्यानरको अतिरिक्त निर्देशक पनि अर्को कारण हो । यसअघि श्रीमान र महसुस फिल्म निर्देशन गरेका नवल नेपालका सिपालु निर्देशकका रुपमा चिनिन्छन् । उनले निर्देशन गरेका दुबै फिल्म दर्शकले उत्तिकै मन पराएका थिए ।

रेखाको फिल्मले कति कमायो उनै जानुन् । तर, औषत फिल्म बनाइरहेका निर्देशकका विचमा उनि अब्बल ठहरिइन् । फिल्मले कमाई त राम्रो गर्‍यो नै निर्देशकको रुपमा समेत सजिलै स्थापित भइन् । आफुलाई रेखा भन्दा पनि राम्रो दाबी गर्ने कतिपय निर्देशकले पोष्टर टाँसेको पैसा समेत नउठाएको बेला रेखाको फिल्म केही नाफा गर्ने संकेत देखाएको छ ।

एउटै ठाउँका एउटै ब्यानर

रेखा र शिल्पा दुबै आफुलाइ पूर्बेली हिरोइनका रुपमा चिनाउन चाहन्छन् । बिराटनगरमा जन्मेका यी हिरोइनको डेब्यु पनि एउटै ब्यानरवाट भयो । १२ वर्ष अघि छबी ओझाको ब्यानर नमस्ते नेपालवाट निर्माण भएको फिल्म ‘हिरो’ मा रेखाले अभिनय गरेकी थिइन् भने । १२ वर्षपछि छबीराज ओझाकै ब्यानर छबीराज प्रोडक्सनवाट शिल्पाले डेब्यु गरिन् ।

हिरोपछि पनि छबी ओझाको ब्यानरमा अन्य नायिकालाइ रेखाले ढिक्किन दिएकी थिइनन् । अहिले त्यहि संकत शिल्पाले देखाएकी छिन् । लज्जा रिलिज नहुँदै छबीराजकै अर्को फिल्म ‘हवल्दार सुन्तली’ मा मुख्य भुमिका निर्वाह गर्ने अवसर पाइन् । अब बन्ने फिल्ममा समेत शिल्पालाई नै स्थान दिने संकेत छबीले गरीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment