Comments Add Comment

राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै हुन् : ओली

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै भएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा नीति २०७५ को प्रतिवेदन बुझ्दै उनले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे ।

राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु¥याउदै आएको कुरा प्रशंंसनीय रहेको बताए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष ओलीलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को प्रतिवेदन बुझाएका छन् ।

रक्षामन्त्री पोखरेलले नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक सिद्धान्तलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment